झापा । भारतीय सीमावर्ती सहर पानीट्यांकीमा उपचारको नाउँमा नेपाली बिरामी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ परेका छन् । पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा कार्यरत भूपेन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । नयाँ पत्रिकामा समाचार छ ।

बाह्रदशी गाउँपालिका–२ स्थित राजगढका ५७ वर्षीय कालीबहादुर भण्डारीले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । भट्टराई झापा शान्तिनगर निवासी रहेको बताइएको छ ।

पीडितका अनुसार भट्टराईले पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा आफूलाई ‘सहायक विशेषज्ञ’ बताउँदै आएका थिए । प्रहरीले भने उनी विशेषज्ञ नै नभएको जनाएको छ ।

‘उनी नेपालका बिरामीलाई त्यहाँसम्म पुर्याउने माध्यम रहेछन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोड स्रोतले भन्यो, ‘त्यहाँको क्लिनकमा २ जना बंगाली डाक्टर छन्, यिनले चाहिँ आफूलाई सहायक विशेषज्ञ बताउँदा रहेछन् ।’ उनी नेपाली बिरामी लिएर पानीट्यांकीसम्म लैजान काँकडभिट्टा–पानीट्यांकी आवतजावत गरिरहने प्रहरीको भनाइ छ ।

Please follow and like us:

Comments