काठमाडौं । निर्वाचन भएको तीन महिनापछि संघीय संसदका सांसदहरुले शपथ लिएका छन् ।

आइतवार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले शपथ लिएका हुन्।

ज्येष्ठ सांसद महन्थ ठाकुरले प्रतिनिधि सभाका सांसदहरूलाई शपथ गराएका हुन्। मंसिर १० र २१ गते प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन भएको थियो।

यस्तै राष्ट्रिय सभाका सांसदहरुले पनि आइतवार नै शपथ लिएका छन् । सोमवारदेखि संसदको नियमित कारवाही शुरु हुने कार्यसूची छ ।

Comments