काठमाडौ । विभिन्न चलचित्रहरुमा द्वन्द निर्देशकको रुपमा कार्यरत द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।

कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप उहाँमाथि लागेको छ ।

जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उहाँलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको हो ।

Please follow and like us:

Comments