एजेन्सी। क्यान्सर सम्बन्धि गरिएको एक नयाँ अनुसन्धान अनुसार, प्रत्येक दिन चिसो पेय पदार्थ पिउने व्यक्तिलाई क्यान्सर हुने जोखिम अत्यधिक हुने गर्छ। अष्ट्रेलियाको क्यान्सर काउन्सिल भिक्टोरियाले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लागेको हो।

उक्त अनुसन्धानमा ३ हजार क्यान्सर बिरामीको बारेमा अध्ययन गरिएको थियो। उक्त अध्ययनमा गुलियो मात्रा हुने पेय पदार्थमा क्यान्सर हुने पदार्थ रहने तर ‘डाइट कोल्ड ड्रिंक्स’ मा भने त्यो मात्रा न्युन हुने बताइएको छ।

क्यान्सर काउन्सिल भिक्टोरियाका अनुसार, चिसो पेय पदार्थको दैनिक सेवनले १३ किसिमको क्यान्सर मध्ये जुनसुकै क्यान्सर पनि लाग्न सक्छ । यस सम्बन्धि अध्ययन अझै विस्तारित रुपमा भइरहेको र छिट्टै जानकारी सार्वजनिक गरिने समेत काउन्सिलले बताएको छ।

साथै चिसो पेय पदार्थ सेवन गर्ने बानीलाई हटाउन समेत काउन्सिलले सबैलाई अनुरोध गरेको छ।

Comments

comments