काठमाडौं । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै राजधानीस्थित त्रिभुवन शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन मार्फत आफ्नो १२औं अनशन घोषणा गर्दै डा‍. गोविन्द केसी।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. गोविन्द केसीले ‘फागुन २९ गते देखि सत्याग्रह थाल्ने’ घोषणा गरेका छन्।

न्यायालयमा भ्रष्टाचार संस्तागत गर्ने, न्यायालयको मर्यादा गिराउने। सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसिप लगाउन प्रयास गर्ने प्रधानन्यायाधीश पराजुलीलाई पदमा राखिरहन नहुने उल्लेख गर्दै उनले सत्याग्रह थाल्ने चेतावनी दिएका हुन्।

Comments

comments