कोरियाको ईन्चोनमा जारी १७ औँ एसियाली खेलकुद एसियाड अन्तर्गत महिला क्रिकेटमा नेपालले मलेसियालाई ४६ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

८९ रनको लक्ष्य पछयाएको मलेसियालाई ४२ रनमा रोक्दै नेपालले समूह चरणमा पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपाल थाइल्याण्डसँग हारेको थियो । आजको जितपछि समूह डीको उपविजेता हुँदै नेपाल क्वाटरफाइनलमा पुग्यो ।

क्वाटरफाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

comments