एजेन्सी । गत साता निधन भएका बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जाह्नवी कपुरले इन्स्टाग्रामबाट एक भावुक पत्र लेख्दै आमालाई सम्झेकी छन्।

गत बुधबार श्रीदेवीलार्इ राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ। श्रीदेवीको ट्विटर ह्यान्डलबाट अन्तिम ट्वीटमा लेखिएको छ-मेरी माया, मेरो साथी । अन्तिम यात्राको चिरनिद्रामा पुगेकी श्रीदेवी तिमीलार्इ ।। अलविदा।

श्रीदेवीले आफ्नो इन्स्टाग्राममा नियमित जसो नै आफु र छोरी जाह्नवीका तस्वीरहरु राख्ने गर्थिन। श्रीदेवी जाह्नवी द्वारा अभिनित नयाँ चलचित्रको बारेमा पनि उत्साहित देखिन्थिन्।

आफ्नो आमाको निधनपछि पहिलो पटक सार्वजनिक रूपमा जाह्नवीले आमालार्इ सम्झिँदै पत्र लेखेकी छन्। पत्रमा उनले आमा श्रीदेवीलार्इ आफ्नो सम्पूर्ण परिवारको शक्ति र उनको सबैभन्दा राम्रो साथी भएको खुलाएकी छिन्।

पत्रमा उनले लेखेकी छन् :

मलाई थाहा छ, म यसरी नै बाँच्न सिक्नुपर्छ।।। तमाम सुनसानमा पनि मैले तपाईको माया अहिले पनि महसुस गर्छु। ‘म महसुस गर्न सक्छु, तपाईले मलाई दुखबाट जोगाउनुभएको थियो। हरेक पटक मेरा आँखा बन्द हुँदा असल कुरा मात्र आउँछ, मलाई थाहा छ, यो सबै तपाई गरिरहनुभएको छ।।। तपाईं भगवानको वरदानजसरी हाम्रो जीवनमा हुनुहुन्थ्यो।।। हामी त्यतिबेलासम्म निकै खुसी थियौं।

मेरा साथीहरु भन्थे म सधैं खुसी रहन्थे, अहिले मलाई थाहा भयो त्यो त सब तपाईंकै कारण रहेछ। मेरा लागि कुनै समस्या ठूला थिएनन्, कुनै दिन म उदास भइन किनकि तपाई मेरो साथ हुनुहुन्थ्यो।

मलाई कसैप्रति या कुनै चिजप्रति विश्वास गर्न आवश्यक थिएन, किनकि तपाईं मात्र हुनुहुन्थ्यो, जसको मलाई आवश्यकता थियो। तपाईं मेरो जीवनको हिस्सा र साथी हुनुहुन्थ्यो। म पनि तपाईंका लागि केही गर्न चाहन्थेँ मम्मी। म हरेक दिन बिहान नयाँ आशाका साथ दिनको सुरुवात गर्थें, किनकि एक दिन तपाईं ममाथि पक्कै गर्व गर्नुहुनेछ।।।।

म हरेक दिन यही सोचका साथ उठ्नेछु कि तपाईं यहीँ हुनुहुन्छ र म तपाईंलाई महसुस पनि गर्छु। म, खुसी र बुवाबीच तपाईं अझै हुनुहुन्छ। तपाईले हामीलाई जे छाडेर जानुभएको छ, त्यसले अझै बलियो बनाएको छ। अगाडि बढ्न हाम्रा लागि यति नै काफी छ तर सबै तरिकाले कहिले पनि पर्याप्त हुनेछैन।

Comments

comments