बारा । सुख्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्म पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले ह्यान्डलिङ चार्ज र पार्किङ शुल्कको नाममा आफुखुसी रकम असुली गरेको पाइएको छ ।

नेपाली आयातकर्ता र सरकारी पक्षलाई जानकारी नै नदिइ हिमालयन टर्मिनलले बन्दरगाहमा आयात गरिने मालवस्तुको ह्यान्डलिङ चार्जमा प्रतिटन १० प्रतिशत बढी रकम लिइरहेको छ । साथै एक रुपैयाँ पनि नलाग्ने पर्किङ शुल्कमा समेत सयौं रुपैयाँ असुली गर्न शुरु गरेको नेपाली आयातकर्ताले बताएका छन् ।

Please follow and like us:

Comments