लगातार दश पटक अवरुद्ध संसद बैठक आज पनि बस्ने भएको छ ।

अपरान्ह ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्मार्ले  जानकारी दिनुभयो । बैठकमा विनियोजन विधेकमाथिको छलफल हुने कार्यसुचि छ । यसैबीच हिजो पनि चार बुँदे सहमति कार्यान्वयन र सरकारले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने माग गर्दै विपक्षी दलहरुले व्यवस्थापिका संसद्को हिजोको बैठक पनि अवरुद्ध पारेका छन् ।

संसद् बैठक लगातार अवरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ ।

Comments

comments