काठमाडौं । एकैस्थानलमा भेला भएका ७५ हजारभन्दा बढी मानिसहरुले एकैपटक धम्मपद अर्थात बुद्ध वचन वाचन गरेर विश्व कीर्तिमान कायम गरिएको छ ।

‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित ७५ हजार भन्दा बढी मानिसले संयुक्त रुपमा बुद्ध वचन वाचन गरेर कीर्तिमान कायम गरेका हुन् ।

बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाउने उदेश्यले विश्व कीर्तिमान परिषदले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,पूर्व सभामुखहरु सुभाषचन्द्र नेम्वाङ,ओन्सरी घर्तिमगर लगायतको समेत उपस्थिति रहेको थियो ।

Comments

comments