मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित एक सपिङ्ग सेन्टरमा एक किशोर माथि छुरा प्रहार भएको छ ।

शुक्रबार दिउँसो ४:३० भन्दा केही अगाडीको समयमा मेलबर्नमा रहेको बक्स हिल सपिङ्ग सेन्टरमा छुरा प्रहार भएको हो।

किशोरको परिचय र घटनाको रहस्य बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

किशोरलाई तुरुन्तै अस्पताल लगिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

तस्बिर : सेभेन न्युज

Comments