काठमाडौं । सलमान खानको नेपालमा हुने भनिएको सांगीतिक कार्यक्रम स्थगित भएको छ ।

आगामी शनिवार काठमाडौंमा हुने कार्यक्रम तत्कालकालागि नहुनेबारे आयोजक संस्था ओडिसले प्रष्ट पारेको हो । काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ुदब्याङ्ग द टुर नेपालु स्थगित हुनुको कारण बारे औपचारिक जानकारी दिन प्रेस विज्ञप्ती जारी गर्ने बताइएको छ।

कार्यक्रम हुने निश्चित भएको भन्दै सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए। केही दिन अघि विप्लव माओवादीले कार्यक्रम हुन नदिने चेतावनी दिएको थियो। सोही चेतावनीका कारण कार्यक्रम स्थगित गरिएको हो । सलमानले समेत उक्त चेतावनीका बारेमा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उदेश्य विनाशकारी भुकम्प र नाकाबन्दी पछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्नु थियो। कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो।

Comments

comments