मेलबर्न । अष्ट्रेलिया रक्सी धेरै खपत हुने राष्ट्रहरुमा १६ औं स्थानमा पर्छ। र, यहाँ रक्सीको खपत दिनानुदिन बढ्दो समेत छ।

कर्टन युनिभर्सिटीले गरेको एक अनुसन्धानमा २०१५ मा रक्सीको कारणले बिरामी भएर ५ हजार सात सय जनाको मृतु भएको थियो। अनुसन्धानहरुमा देखिए अनुसार, यो संख्या वर्षेनी बढिरहेको छ। अष्ट्रेलियामा रक्सीका कारण हरेक ९० मिनेटमा कम्तिमा एक जनाको मृत्यु हुने गरेको छ।

मेडिकल विज्ञहरुले सरकारलाई रक्सी संग सम्बन्धित केही नियमहरु ल्याउन अनुरोध गरिरहेका छन्। उनीहरुले रक्सीको बोत्तलमा हेल्थ-लेबलिंग हुनुपर्ने माग राखिरहेका छन् । यसका साथै रक्सीको सेवनले निम्त्याउने रोग, रक्सीको लागि उमेर तथा अवस्था आदिमा समेत उपभोक्तालाई जानकारी दिने काम हुनुपर्ने बताइरहेका छन् ।

अध्ययनहरुका अनुसार, अष्ट्रेलियामा रक्सीको अत्यधिक सेवनले ज्यान जाने मात्र नभई विभिन्न हिंसात्मक घटनाहरु समेत घटिरहेका छन्।

Please follow and like us:

Comments