मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा बिरामीले नर्समाथि खोक्दा, नर्स नै बिरामी परेका छन् । बिरामीले खोकेको खोकीबाट भाइरस सरेर ३९ वर्षीय रुशेल मार्श गम्भीर बिरामी भएका हुन् ।

गत फेब्रुअरी १२ मा फेयरफिल्ड हस्पिटलको इमर्जन्सि विभागमा काम गरिरहेका रुशेल माथी एक बिरामीले खोकेका थिए। त्यसको केही समयपछि उनलाई विस्तारै असजिलो हुन थाल्यो र दुई दिन पछि खोकी र ज्वोरोले सताउन थाल्यो। बिमार बढ्दै गएका कारण उनलाई फेयरफिल्ड हस्पिटलबाट रोयल प्रिन्स अल्फ्रेड हस्पिटलमा सारिएको छ।

बिरामी भएको २४ घण्टा पछि नै जिवनको लागि मेडिकल सपोर्ट दिनुपरेका उनमा कुन भाइरसको प्रवेश भयो भन्ने डाक्टरहरुले अझै पत्ता लगाउन सकेका छैनन्। उनको परिवारले भने निमोनियाको शंका गरेको छ।

अहिले कोमामा पुगेका रुशेलले एक महिना अघि मात्र आफ्नो जन्मदिन मनाएका थिए । उनका श्रीमती र एक ९ वर्षीय छोरा समेत छन्। उपचारको आर्थिक भारमा सहयोगको अपेक्षाले रुशेलको नाममा अहिले गो फन्ड मि मार्फत सहयोग रकम संकलन अभियान संचालन गरिएको छ।

तस्बिर स्रोत : सेभेन न्युज

Comments

comments