एजेन्सी । सलमान खान बलिवुडका सुपरस्टार मानिन्छन्। उनलाई पछ्याउने लाखौँ युवतीहरु छन्। तर ५२ वर्षको उमेर हुँदासम्म पनि सलमान अविवाहित नै छन्।

प्रेम-सम्बन्धहरुका कार समेत चर्चामा आइरहने सलमान प्रेम सम्बन्ध नफाप्ने कलाकारको रुपमा समेत चिनिन्छन्। हालसम्म पनि सम्बन्धहरुका कारण अनेक चर्चामा आउने उनलाई बलिवुड कलाकार देखि लिएर फ्यानसम्मले बिहे गर्ने सुझाव दिन्छन्। उनका हरेकजसो अन्तर्वार्तामा प्रश्न हुने गर्छ, ” बिहे कहिले गर्ने ?” तर उनी भने मजाक गरेर त्यो प्रश्नलाई टारिदिने गर्छन् ।

हालै एक अंग्रेजी मिडियाको अन्तर्वार्तामा पनि सलमानलाई सोधियो, ” बिहे कहिले गर्ने ?” । सुपरस्टार सलमान खानले जवाफ दिए, ” आजकल विवाह धेरै महँगो भएको छ। विवाहमा लाखौँ, करोडौं पैसा खर्च गर्नुपर्छ र त्यति धेरै रकम खर्च गर्ने मेरो हैसियत छैन। त्यसैले म अहिलेसम्म सिंगल छु।

Comments

comments