काठमाडौं । जापान सरकारले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ जापानले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट अनुदान स्वरुप सहयोग गर्न लागेको हो ।

नेपालका लागि जापानका राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले बुधबार सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

एन्फा महासचिव प्रधानले सहयोग रकमबाट एन्फा कम्प्लेक्समा दर्शकका लागि शौचालय, निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताए ।

Comments