मेलबर्न। नेपालमा विशेष गरि मधेसी समुदायले होली पर्वलाई ठूलो पर्वको रुपमा मनाउने गर्दछन् । अष्ट्रेलियामा बस्ने नेपाली समुदाय आफ्नो देशबाट टाढा रहेतापनि होली पर्वलाई त्यति नै उमङ्गका साथ मनाउने तयारिमा जुटिरहेको छ।

पारिवारिक माहोलमा परिवार तथा साथीहरुसंग रंग, माया, आफ्नोपन साटासाट गर्न र सबै दु: ख भुलेर उमङ्गका साथ रमाइलो गर्नको लागि मधेसी कम्युनिटी भिक्टोरियाले होली कार्यक्रमको आयोजना गरेको छ ।

नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम आगामी १० मार्चमा कोबर्ग लेकमा हुनेछ । कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ।

Comments

comments