काठमाडौं । चावहिलमा स्वर्गीय जीवराज आश्रित शालिकको शालिक मंगलबार अनावरण गरिएको छ ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको शालिक अनावरण गरेका छन् ।

अनावरण कार्यक्रममा मन्त्री पण्डितले देशका लागि आगोको मुस्लोमा मात्र होइन, ज्वालामा हात हाल्न तयार भएको बताए । देशको हितका पक्षमा हुने सबै खाले कामका लागि आफु प्रतिवद्ध रहेको उनले भनाई छ ।

मन्त्रि पण्डितले हरियो स्टिकर टाँसेको सवारी साधनले पुनः प्रदुषण जाँचपास नगरे कडा कार्वाही गर्ने चेतावनी पनि दिए । मन्त्री पण्डितले ४७ प्रतिशत भन्दा बढि हरियो स्टिकर लिएका सवारी साधन समेत प्रदुषण जाँच गर्दा फेल हुने गरेको बताए ।

Comments