काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रिय एकतालाई बलियो बनाउन संघीय समाजवादी फोरम, नेपाललाई सरकारमा सहभागी गराउन चाहेको बताएका छन् ।

उपाध्यक्ष रावलले केही दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दावी समेत गरे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रावलले उपेन्द्र यादव नेतृत्वको फोरमसँग छलफल गरेलगत्तै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताए । बजेट ल्याउन ढिलाई हुने भएकाले पनि सरकारलाई पूर्णता दिने काम तत्काल सम्पन्न गर्नुपर्ने उपाध्यक्ष रावलको तर्क छ ।

उपाध्यक्ष रावलले चैत्रको पहिलो हप्ता भित्र माओवादी केन्द्रसँग पार्टी एकता भईसक्ने पनि बताए ।

Comments

comments