एजेन्सी। सुन्दा अचम्म लाग्छ, तर अनुसन्धानले नै यो देखाएको छ कि, रक्सी सेवन गरेपछि नयाँ भाषा राम्रोसंग बोल्न सकिन्छ। यो तथ्य Journal of Psychopharmacology मा छापिएको एक अनुसन्धान पछिको नतिजाले बताएको हो।

हालै गरिएको एक पछिल्लो अनुसन्धानमा नेदरल्याण्डको युनिभर्सिटीमा पढ्ने जर्मनीहरुमाथि अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा ५० जना जर्मनीहरुलाई लिइएको थियो, जसले आफ्नो मातृभाषामा बोल्थे। उनीहरुमध्ये आधालाई पानी पिउन दिइयो भने, आधालाई रक्सीको थोरै मात्रा पिउन दिइयो। त्यसपछि उनीहरु सबैलाई एक व्यक्तिसंग डच भाषामा अन्तर्वार्ता दिन लगाइयो।

ती सबै अन्तर्वार्ताहरु रेकर्ड गरेर राखिएको थियो। रेकर्ड गरेका अन्तरवार्ताहरु मूल्यांकन गर्न लगाइयो र मूल्यांकन गर्ने व्यक्तिमा ती व्यक्तिहरु राखियो, जसलाई कसले रक्सी खायो या खाएको छैन भन्ने थाहा थिएन।

मूल्यांकन पछि नतिजा अनौठो निक्सियो । रक्सी पिएका व्यक्तिहरुले पानी पिएका व्यक्तिहरुले भन्दा राम्रोसंग बोलेका थिए । तर उनीहरुमा आत्मविश्वास भने पानी पिएका व्यक्तिहरुमा जत्तिको नै देखिन्थ्यो र भाषाको व्याकरण, दिएका तर्कहरुमा पनि खासै फरक थिएन।

अनुसन्धानकर्ताहरुका अनुसार, त्यो परिक्षणको लागि एकदमै कम मात्रामा रक्सी पिउन दिइएको थियो । यदि रक्सीको मात्रा बढी भयो भने यो नतिजा उल्टो हुन पनि सक्छ।

Comments

comments