मेलबर्न। अष्ट्रेलियामा एक बच्चाको लन्च बक्समा सर्प भेटिएको छ। अडेलेडमा एक आमाले बच्चालाई लन्च राखिदिंदा सर्प भेटाएकी हुन्।

लन्च बक्सको बिर्कोको भागमा ब्राउन सर्पको बच्चा बसेको थियो। त्यसपछि उनले तत्कालै सपेराहरुलाई बोलाएकी थिइन् ।

सपेराहरुका अनुसार पछिल्लो समयमा ब्राउन सर्पका बच्चाहरु जता पनि भेटिन थालेका छन् र सर्प पक्रिनको लागि दैनिक ५० देखि ६० वटासम्म फोनकल आउने गरेका छन् । उनीहरुका अनुसार आमा सर्प एकै ठाउं बस्दैन । उसले अण्डा पार्छ र अण्डा छोडेर त्यहाँबाट हिंड्छ। त्यसैले अत्यधिक बच्चा सर्प भेटिने गरेका हुन्।

Comments

comments