म्यागदी । जिल्ला अस्पतालले बेनी–५ फुर्केसल्लाकी २० वर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो । कान्तिपुरमा समाचार छ ।

गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रो पटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आइर चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।

Comments