सानो पर्दाको भारतीय बहुचर्चित टेलिभिजन कार्यक्रम “कौन बनेगा करोड़पति (केबीसी) “मा सहभागी दिल्लीका दुई दाजुभाईले सोधिएका सबै प्रश्नको जवाफ दिए पछि ७ करोड रुपैया हात पारेका छन् |   कार्यक्रमकै इतिहासमा  यति ठुलो रकम हातपार्ने पहिलो प्रतिष्पर्धी जोडीले सवाल जवाफका क्रममा दिइने ४ वटै लाइफ लाइन उपयोग गरेका थिए |

अचिन र सार्थक नरुलाको अदभुत र कुशाग्र प्रतिभाको कार्यक्रमका  प्रस्तोता मेगा स्टार अमिताभ बच्चनले मुक्तकण्ठले प्रसंशा गर्दै केबीसीको सुन्दरता अरु बढेको बताएका छन् | सोनी टेलिभिजनलको पर्दामा १४ बर्ष देखि संचालनमा रहेको केबीसीले यो ज्याकपट जीतलाई ऐतिहासिक सफलता मानेको छ |

Comments

comments