काठमाडौं। प्रधानमन्त्री के.पी ओलीले साेमबार ४ मन्त्रीको शपथ गराएका छन् । शपथसँगै उनीहरूलार्इ मन्त्रालय समेत ताेकिएकाे छ।

अर्थ मागिरहेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बेंकका गभर्नर भइसकेका डा युवराज खतिवडा अर्थमन्त्री भएका छन् ।

त्यस्तै मओवादी केन्द्रका नेता रामबहादुर थापाले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्का नेता मातृका यादव उद्योग मन्त्री भएका छन् । यादव यसअघि वन मन्त्री हुँदा स्थानीय विकास अधिकारीलार्इ शाैचलयमा थुनेर चर्चामा अाएका थिए ।

प्रधानमन्त्री अाेलीले यसअघि अाफ्नाे शपथसँगै २ मन्त्री बनाएका थिए । लालबाबु पण्डितले जनसंख्या तथा वातावरण र थममाया थापाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय समालिरहेका छन् ।

Comments

comments