मेलबर्न। लैंगिक समानता र स्वतन्त्रताको लागि अगाडी बढिरहेका नेपाली महिलाहरु विदेशमा रहेर पनि सक्रिय छन्। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने त्यस्तै सक्रिय नेपाली महिलाहरुको संगठन हो , दिदिबहिनी सामाज भिक्टोरिया।

दिदिबहिनी समाज भिक्टोरियाले महिला सशक्तिकरण साथै नेपाली समुदायको हितको लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा पनि यस संगठनले कार्यक्रमको आयोजना गरेको छ ।

आयोजना गरिएको कार्यक्रमबारे बताउँदै संगठनकी अध्यक्ष जमुना पराजुलीले भन्नुभयो, ” यसपालीको नारि दिवस मा हामीले प्रेस फर प्रोग्रेस भनेर कार्यक्रम राखेका छौं। यसमा अष्ट्रेलियामा बस्ने मात्र नभएर समग्र महिलाहरुसंग सम्बन्धित विषयवस्तु उठाइनेछ। र, यी महिलाका विषय मात्र नभएर समग्र समुदायका विषय हुन्, माहिलाको जीवनसंग पुरुषको जीवन र समुदायको समृद्धि पनि जोडिएको हुन्छ। त्यसैले सम्पूर्णलाई कार्यक्रममा उपस्थित भइदिनुहुन हामी अनुरोध गर्दछौं” ।

कार्यक्रम, आगामी मार्च ३, शनिबारका दिन 70  Wheatsheaf Road, Glenroy 3046 मा हुनेछ । दिउँसो ४ बजे देखि बेलुका ७ बजेसम्म हुने यस कार्यक्रममा ‘लाइट डिनर’ को पनि व्यवस्था गरिएको छ।

Comments

comments