मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा रहेको मक डोनाल्ड रेष्टुरेन्टमा लुटपाट भएको छ। सोमबार बिहान ५ बजे रेष्टुरेन्टमा लुटपाट भएको हो ।

सेभेन न्युजका अनुसार, ५ जनाको समूहले रेष्टुरेन्टको झ्याल र कम्प्युटरहरु फुटाउँदै आतंक मच्चाउन सुरु गरेको थियो। त्यसपछि उनीहरुले स्टाफको फोन, ब्याङ्क कार्ड र रेष्टुरेन्टबाट नगद लुटेका थिए।

उक्त घटनाबाट कसैलाई शारीरिक चोटपटक भने नलागेको बताइएको छ। निलो गाडीमा आएर भागेका लुटेरा समूहको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

तस्बिर : सेभेन न्युज

Comments

comments