काठमाडौं । तोकिएको अवधिभन्दा बढी कैदमा बस्नेले अब अवधिभन्दा बढी कैद बसेको दिनको राज्यबाट क्षतिपूर्ति पाउने भएका छन् ।

सर्वोच्च अदालतले तोकेभन्दा बढी कैद बसेकी एक महिलालाई क्षतिपूर्ति भराउन आदेश दिएसँगै नयाँ नजिरसमेत बनेको छ ।

आइतबार प्रधानन्यायाधीश गोपाल पराजुली र केदारप्रसाद चालिसेको संयुक्त इजलासले धनकुटाकी पदममाया गुरुङको रिटमा अन्तिम सुनवाइ गर्दै उनलाई बढी कैद बसेबापत क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको छ ।

Comments

comments