दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली प्रतियोगिता (एसियाड) मा एकजना नेपालीले स्वर्ण पदकको खाता खोलेका छन् । तर उनले यो स्वर्ण पदक भारतका लागि दिलाएका हुन् । संखुवासभाका जितु राइले शनिबार ५० मिटर एयर पेस्तोलमा स्वर्ण पदक जितेका हुन् ।

‘स्वर्ण पदक जित्दा राई निकै भावुक देखिए’ राईले ड्यासमा स्वर्णपदक ग्रहण गरेको क्षण उल्लेख गर्दै भारतीय दैनिक इन्डियन एक्सप्रेसले लेखेको छ । नेपालमा जन्मेर पनि भारतलाई एसियाडमा स्वर्णपदक दिलाउने सपना नदेखेको उनले बताएका छन् । ‘एसियाडमा स्वर्ण पदक चुम्छु जस्तो लागेको थिएन,’ राइले भने,‘यो सेनाकै सहयोगले सम्भव भएको हो ।’ भारतीय सेनामा भर्ति भएपछि पेस्तोल चलाउने कलाको विकास गरेको राइले बताए ।

राईको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण भने होइन । यसअघि उनले कमनवेल्थ गेम्स तथा वल्र्ड च्याम्पियनसिपमा समेत भारतलाई स्वर्ण पदक दिलाएका छन् ।

Comments

comments