मेलबर्न। अष्ट्रेलियामा बस्ने नेपालीहरु आफ्नो व्यक्तिगत तथा पारिवारिक करियरको लागि व्यस्त जीवनशैली बिताईरहेका हुन्छन् । त्यो व्यस्त समयका बावजुद पनि उनीहरु आफ्नो समुदायको हितको लागि समेत सक्रिय भएर अगाडी बढिरहेका छन्।

यस्तै समुदायको हितको लागि मेलबर्नको उत्तरी क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको एपिंग वोलेर्ट नेपलीज कम्युनिटी गठन भएको छ। कम्युनिटीको नवगठित संचालक समितिका अध्यक्ष हरि खड्काले यसरि संगठित हुनुको उद्देश्यबारे भन्नुभयो, ” विशेष गरि नेपाली बालबालिकाहरुको लागि बाल चौतारी संचालन तथा यहाँ बसोवास गर्ने नेपाली समुदायलाई एकताबद्ध गराई अगाडी बढाउनको लागि यस कम्युनिटीको गठन गरिएको हो। बाल चौतारीले अष्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा तथा संस्कृति बुझाउनेछ”।

उहाँले विभिन्न सामुदायिक कामको लागि एपिंग वोलेर्ट सधै अग्रसर रहने समेत बताउनुभयो।

गत फेब्रुअरी २१ मा गठित एपिंग वोलेर्ट नेपलीज कम्युनिटीको अध्यक्षमा हरि खड्का, सचिवमा विराज शर्मा, लेखा संयोजकमा कृष सापकोटा, सदस्यहरुमा राजेन्द्र वस्ती, महेश आचार्य, रोशन उपाध्याय, संजय श्रेष्ठ, रुपा पाण्डे, आशिष अर्याल , गणेश पाठक, र सुरेश महर्जन तथा सल्लाहकारमा हरि पाण्डे , मुकेश पोख्रेल र भोला गीरी चयन हुनुभएको छ।

 

Comments

comments