एजेन्सी । बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण मृत्यु भएको छ। एक विवाह समारोहमा सहभागी हुन दुबई पुगेकी ५५ वर्षिया श्रीदेवीको आज बिहान मृत्यु भएको हो ।

श्रीदेवीको मृत्युको खबर पछि अहिले बलिवुडका महानायक अमिताभ बच्चनको ट्वीट अहिले चर्चामा आइरहेको छ। श्रीदेवी र अमिताभ बच्चन बीच पहिले देखि नै अत्यन्तै राम्रो सम्बन्ध थियो।

श्रीदेवीको मृत्युको खबर आउनुभन्दा आधा घण्टा अगाडी उनले ट्वीट गरेका थिए, ” थाहा छैन खै किन आज, अचम्मले मन आत्तिइरहेको छ”। जब श्रीदेविको मृत्युको खबर आयो, त्यसपछि अमिताभको ट्वीटलाई धेरैले रिट्वीट गर्दै आफ्नो वरिपरि घटना घट्दा आउने संकेत, छैठौं जनेन्द्रियले दिएको संकेत आदि लेखिरहेका छन् ।

Comments

comments