एजेन्सी । भारतको ओडिसामा उपहार खोल्दा बम विस्फोट भएपछि दुलाहाको मृत्यु भएको छ। विवाहमा आएका उपहारहरु खोल्ने क्रममा उपहारको रुपमा राखिएको बम विस्फोट भएको हो।

विस्फोटपछि दुलाहाकी हजुरआमाको घटनास्थलमै मृत्यु भएको थियो भने सख्त घाईते भएका दुलाहालाई अस्पताल लगेपछि मृत घोषित गरिएको थियो। घटनामा गम्भीर घाईते भएकी दुलहीको उपचार भैरहेको छ।

घटना घट्नुभन्दा पाँच दिन अगाडी उनीहरुको विवाह भएको थियो। त्यो उपहार कसले दिएको भन्ने अझै थाहा नभएको र त्यस सम्बन्धि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

comments