एजेन्सी । घाँटीमा ५ इन्चको सियो गडेका ५ वर्षीय बालकको सफल शल्यक्रिया भएको छ। चीनका बालक छ्याओ युको घांटीमा सियो गडेको हो।

परिवारका अनुसार उनी एक्लै खेलिरहेका थिए र लडेपछि सियो गड्यो। सियोको बीचमा ह्यान्डल समेत छ। संवेदनशिल ठाउँमा सियो गडेकोले डाक्टरहरु पनि शल्यक्रियाको लागि डर मानिरहेका थिए। तर चार घण्टासम्मको शल्यक्रिया पछि उनी बाँच्न सफल भएका छन्।

प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएको छ ।

तस्बिर : सेभेन न्युज

Comments

comments