काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुनर्गठनको काम अघि बढाएको छ । नयाँ सरकार गठनसँगै पुर्नगठनको कार्य अघि बढाइएको हो।

समय अनुसार प्रभावकारी बनाउन कार्यालयलाई पुनर्संरचना गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा पुनर्गठनको काम अघि बढिसकेको स्रोतको भर्नाछ ।

पुरानो संरचनाबाट कार्यसम्पादन प्रभावकारी हुन नसकेको भन्दै केपी शर्मा ओलीले प्रधानमन्त्री भए लगतै पुनर्गठन गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि अहिलेको संरचनाबाट प्रभावकारी भूमिका देखाउन नसकिने निष्कर्ष निकालेको छ ।

Comments

comments