काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको असमायिक निधन भएको छ । उनको शनिवार राति दुबईमा हृदयघातबाट निधन भएको हो ।

पति बोनी कपुर र कान्छी छोरी खुशी कपुरसँगै श्रीदेवी आफन्तको विवाहमा सहभागी बन्न दुबई पुगेकी थिइन् । उनी ५५ वर्षकी थिइन् । आफ्नो उत्कृष्ट र चुलबुले अभिनयका कारण आफ्नो समयकी नम्बर अभिनेत्री रहन सफल श्रीदेवी पछिल्लो समय पुनः बलिउड सिनेमामा व्यस्त रहँदै आएकी थिइन् ।

Comments

comments