मेलबर्न। घर देखी टाढा भएतापनि अष्ट्रेलियावासी नेपालीहरु नेपाली पर्व तथा दिवस मनाउन सहित उत्साहित रहन्छन्। त्यो उत्साहमा यतिबेला झन् बढावा दिएको छ, रंगहरुको पर्व होलीले । अष्ट्रेलियामा रहेका नेपाली संघ संस्था, समुदाय होली पर्व मनाउने तयारिमा जुटिरहेका छन्।

मेलबर्नमा बसोवास गर्ने सुदुरपश्चिमेलीहरुले पनि धुमधामका साथ होली मनाउने जमर्को गरेका छन् । यसको लागि सुदुर पश्चिमेली समाजले यहि २५ फेब्रुअरी, आइतबारका लागि बार्बीक्यु सहितको होली कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रम कोबर्ग भिक्टोरिया स्थित हार्मोनी पार्कमा दिउँसो १२ बजे देखि सुरु हुने बताइएको छ।

Comments

comments