काठमाडौं । नेपाली काँग्रेसले आफ्नो पार्टीका तर्फबाट छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

आज विहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको काँग्रेसको संसदीय दलको बैठकले सबै मन्त्रालयहरुमा सोही अनुरुप छायाँ सरकार बनाउने निर्णय गरेको हो । बैठक आजै अपरान्ह ३ बजे पुनः बस्ने गरि स्थगित भएको छ ।

यसअघि हिजो मात्र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो दलले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने घोषणा गर्नुभएको थियो ।

Comments

comments