मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा सार्क माछाको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

स्थानीय बोटानी बेमा पौडी खेल्ने क्रममा ५५ वर्षीया ती महिलामाथि सेतो रंगको सार्कले शुक्रवार राति आक्रमण गरेको न्यूज डट कमले जनाएको छ । ती महिलालाई समुद्री किनाराबाट २० मिटरको दुरीमा सार्कले आक्रमण गरेको बताइएको छ । यति छोटो दुरीमै सार्कले मान्छेमाथि आक्रमण गरेको २५ वर्ष यताकै पहिलो घट्ना भएको समाचारमा उल्लेख छ ।

सार्कको आक्रमणबाट ती महिलाको दायाँ खुट्टाको घुँडामा गम्भीर चोट लागेको छ । आक्रमण भएलगत्तै आपतकालीन उद्दारकर्ताहरुले उनलाई अस्पताल पुर्याइएको थियो । उनको शनिवार विहान अपरेशन गरिएको र अवस्था सामान्य रहेको अधिकारीहरुले जनाए ।

यो घट्नापछि त्यस क्षेत्रमा पौडी खेल्न नजान स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।

Comments

comments