मेलबर्न। अष्ट्रेलियामा नेपाली पहिचान सहितको म : म फेस्टिभल ‘म : म फेस्ट २०१८’ हुनेभएको छ। गत वर्ष १५ हजार सहभागीहरुको साथमा भव्यताका साथ म : म फेस्टिभल सम्पन्न गरेको सोलंग्चरले यसपाली अझ भव्य गर्नेगरि फेस्टिभलको आयोजना गरेको हो ।

नेपालीहरुको सबैभन्दा प्रिय परिकारलाई अष्ट्रेलियामा समेत लोकप्रिय बनाइरहेको सोलंग्चरले फेस्टिभलमा म : म संगै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत पस्किनेछ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम आगामी २३ मार्च देखि २५ मार्च, तीन दिनसम्म चल्ने छ । २३ तारिखका दिन म:म डिनर सहित मुभी, २४ तारिखमा फेस्टिभलको मूख्य दिन र २५ तारिखमा म:म ब्रन्च हुनेछ ।

कार्यक्रमको बारेमा बताउंदै आयोजक राजु शाक्यले भन्नुभयो, ” म:म फेस्टिभल एउटा मनोरन्जनको लागि मात्र नभएर, नेपाली संस्कृति तथा खानाको प्रबर्द्धन र सामाजिक हितको लागि समेत आयोजना गरिएको कार्यक्रम हो। यसमा बफ, चिकेन, मटन, पर्क, बिफ लगायत म:म को ३० भन्दा बढी भेराइटी पस्किइनेछ। यसको साथै लोकप्रिय नेपाली ब्याण्ड कुटुम्बको प्रस्तुती, लाखे नाच लगायत नेपाली सांस्कृतिक प्रस्तुति, हिप-हप डान्स, लाइभ म्युजिक , मुभिज र होली पर्वको रौनक पनि हुनेछ।” फेस्टिभलमा संकलन हुने रकम नेपालका ग्रामिण भागमा विद्यालय तथा अस्पताल निर्माणको लागि सहयोग स्वरुप दिइने समेत उहाँले बताउनुभयो।

मेलबर्न स्थित Coburg Velodrome मा हुने यस फेस्टिभलमा पारिवारिक माहोल बनाउनको लागि बालबालिकाहरुको लागि विभिन्न खेलहरु राखिनेछ। यसको साथै फेस्टिभलमा डिनर भौचर, आइफ़ोन एक्स, नेपाली उत्पादनका उपहार, दुई जनाको लागि नेपाल फर्किने टिकट लगायतका आकर्षक उपहारहरु राखेर चिट्ठा समेत खेलाइनेछ। सहभागिता र लक्की ड्र को लागि यहाँ क्लिक गर्नुहोस्

यस्तो छ फेस्टिभलको कार्यक्रम तालिका :

शुक्रबार २३ मार्च – म :म डिनर विद मुभिज – बेलुका ५ बजेदखि १० बजेसम्म

शनिबार २४ मार्च – फेस्टिभल डे – बिहान ११ बजेदेखि राती १० बजेसम्म

आइतबार २५ मार्च – म :म ब्र्न्च – बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म

Comments

comments