अष्ट्रेलिया । आफ्नै पार्टी कार्यालयमा काम गर्न एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अष्ट्रेलियालीका उपप्रधानमन्त्री वार्नबी जोयस समस्यमा परेका छन् ।

उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयकी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो ।

स्थानीय पत्रपत्रिकाले क्यापिनमा उप्रधानमन्त्रीको गर्भ रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्री माल्कम टर्नबुल र जोयसका सहकर्मीले पनि उनको कडा आलोचना गरेका थिए ।

समाचार सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री टर्नबुलले कुनै पनि मन्त्रीहरुले आफ्ना कर्मचारीहरुसँग शारिरिक सम्बन्ध राख्न नपाउने बताएका थिए ।

पछिल्लो समयमा आफू विदेश भ्रमण जाँदा प्रधानमन्त्री टर्नबुलले उपप्रधानमन्त्री जोयसलाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न दिन चाहेनन् र उनलाई बिदामा बस्न सुझाव दिए । त्यस्तै, स्थानीय मिडियाले गरेको जनमतसंग्रहमा पनि परिणाम उपप्रधानमन्त्रीको विपक्षमा आयो ।

Comments

comments