एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सर र उत्तर कोरियाली अधिकारीबीच हुने भनिएको भेटवार्ता अन्तिम समयमा रद्द भएको छ ।

दक्षिण कोरिया ओलम्पिक भ्रमणमा दक्षिण कोरिया पुगेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सर उत्तर कोरियाली अधिकारीबीच तय भएको भेटवार्ता अन्तिम चरणमा रद्द भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

पेन्सको कार्यालयलका अनुसार बैठक बस्नु दुईघण्टा अघि मात्र उत्तर कोरियाका प्रतिनिधि, नेता किमकी बहिनी र अर्का उच्च अधिकारीले पेन्ससँग भेट गर्न अस्वीकार गरेका हुन् ।

ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुनु एक दिन अघि मात्र पेन्सले जापानी प्रधानमन्त्रीसँग उत्तर कोरियामाथि अब कहिलेसम्म कडा प्रतिबन्ध लगाउने भन्नेबारे छलफल गरेका थिए । जसकारण पनि उनीहरुले कार्यक्रम रद्द गरिएको हुन सक्ने बताइएको छ ।

दक्षिण कोरियाले भने यसबारेमा कुनै बयान दिएको छैन । उता उत्तर कोरियासँग अमेरिकाको भेटवार्ता तय भएको खबर यसरी बाहिर आएपछि धेरैले पेन्सलाई समस्या समाधान गर्ने राम्रो अवसर गुमाएको भन्दै उनको आलोचना भएको बताइएको छ ।

Comments

comments