मेलबर्न । अष्ट्रेलियाको सिड्नी हार्बरमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ।

बुधबार पौडी प्रशिक्षक टोनी स्ट्राज्ज़री उनका साथी पौलसंग जोन्स बेमा थिए। त्यसै समयमा उनले केही गह्रौं वस्तु फेला पारे। फरक र गह्रौं वस्तु देखेपछि टोनीले होसियारीका साथ पानीबाट निकाले । पानीबाट निकालेपछि हेर्दा शंकास्पद वस्तु मानेपछि उनले पुलिसलाई बोलाएका थिए।

पुलिसले गरेको जांचपछि उक्त शंकास्पद वस्तु दोस्रो विश्वयुद्धको बम भएको थाहा हुन आएको छ। उक्त बम अहिले हानी गर्ने किसिमको नभएको र निस्क्रिय पारिएको बताइएको छ ।

तस्बिर : सेभेन न्युज

Comments