काठमाडौं । रष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमका लागि पाँच महिनाघि ८ करोड ८ लाख ९० हजार रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन ।

झापाको चारआली र जलथल जंगलको चारैतर्फ झन्डै ७० किलोमिटर सोलास फेसिन्ड गर्न वन विभागले २ असोजमा चलानी नम्बर १४६ बाट जिल्ला वन कार्यालयलाई पत्राचार गरी काम अघि बढाउन निर्देशन दिएको थियो । तर झापा वनले विभिन्न कारण देखाएर सो काम गर्न नसक्ने भनी रायसहित विभागलाई पत्राचार गरेसँगै हात्ती नियन्त्रण र सोलार फेन्सिड कार्यक्रम अनिश्चित बनेको हो ।

Comments