काठमाडौं । डा. गाविन्द केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक फरक जन्म मिति भेटिएको छ ।
प्रधानन्यायधीश गोपाल पराजुलीको जन्म मिति र चारित्रिक प्रमाणपत्रका बिषयमा प्रश्न उठाएका केशीको आफ्नै प्रमाणपत्रमा गलत भटिएको उनले स्विकारेका छन् ।

मानविय त्रुटिका कारण नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।
केशीले भने,‘यो मानवीय त्रुटिका कारण भएको छ म यसमा क्षमा माग्न चाहान्छु ।’ आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका छन् । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमामा फरक जन्ममिति हुन पुगेको उनले बताए ।

Please follow and like us:

Comments