मेलबर्न । अष्ट्रेलियामा धमाकेदार ‘द फोर्थ मार्च शो’ हुने भएको छ। नेपालका लोकप्रिय कलाकारहरुले ‘ द फोर्थ मार्च’ को स्टेजमा आगामी ४ मार्च, आइतबारका दिन धमाकेदार प्रस्तुती दिने भएका हुन्।

एस इभेन्ट्स एण्ड मल्टिमिडियाले आयोजना गरेको कार्यक्रममा नेपालको लोकप्रिय डान्स ग्रुप ‘ कार्टुन्ज क्रियु’ , र्यापर ग्रीष खतिवडा, गायक दीपक बज्राचार्य र गायिका इन्दिरा जोशीले प्रस्तुती दिनेछन्। फोर्थ मार्च शोलाई पृथक बनाउनको लागि कार्यक्रमको नाम अनुसार नै ४ मार्चमा चार किसिमका प्रस्तुती दिने कलाकारहरुको जमघट गराइने आयोजकले बताए।

कार्यक्रम भिक्टोरिया स्थित थोर्नबरि थिएटरमा बेलुका ७ बजे देखि सुरु हुनेछ। एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मूख्य प्रायोजन तथा माउन्ट एभरेस्ट टुर्स एण्ड रिमुभल्सको सह प्रायोजनमा हुन लागेको कार्यक्रममा पहिल्यै बुकिङ्ग गर्नेहरुको लागि २५ डलर र कार्यक्रममै टिकट लिनेहरुको लागि ३० डलर प्रवेश शुल्क राखिएको छ ।

Comments

comments