काठमाडौं । लोकप्रिय डान्स क्रियु ‘कार्टुन्ज क्रियु’को ‘कहिले होला’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। हिजो मात्र सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई लाखौले हेरिसकेका छन् । हजारौ लाइक र कमेन्ट बटुलिसकेको म्युजिक भिडियो युट्युब ट्रेनडिंगको दुई नम्बरमा समेत आइसकेको छ।

कमेडी लयमा प्रेमकथालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आश्मा र सरोजले मूख्य भूमिका निर्वाह गरेका छन् । दिपेन के.सीको शब्द तथा स्वर रहेको गीत ‘कहिले होला’ मा रिकेश गुरुङले संगीत भरेका हुन्। म्युजिक भिडियोमा सरोज अधिकारिको कोरियोग्राफी रहेको छ।

Comments

comments