काठमाडौं । बलिउड सुपर स्टार सलमान खान नेपाल आउने निश्चित भएको छ । उनी ओडीसी इन्टरटेनमेन्टले आयोजना गरेको फागुन २६ गते काठमाडौं को टुँडिखेलमा हुने कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन्।

सलमान खान नेपाल आउने भएपछी आयोजकले सलमानसंग नाच्नको लागि नेपालका चर्चित अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईलाई प्रस्ताव गरेको थियो। तर, पारिश्रमिक, प्रस्तुतीको विषयसंगै पस्ताव गर्ने शैली समेत नेपाली कलाकारलाई होच्याउने तरिकाले गरेको भन्दै ती अभिनेत्रीहरुले आयोजकको प्रस्तावलाई अस्विकार गरेका थिए। समाचार अनुसार, ती अभिनेत्रीहरुले अस्विकार गरेपछि नायिका सुष्मा कार्की र माला लिम्बुलाई सलमानसंग नाच्नको लागि प्रस्ताव गरिएको छ र उनीहरुले सो प्रस्ताव स्वीकार गरेका छन्।

सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आउने सलमान नेपालमा तीन दिनसम्म बस्नेछन् । उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने आयोजकले जनाएको छ । ७ जना कलाकारका साथमा ९० जनाको टोली होटलमा बस्नेछन् ।

आयोजकका अनुसार कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको छ । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका हुनेछन् ।

Comments

comments