काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् ।

‘कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ’ मंगलबार राजधानीमा आयोजित कार्यक्रमा उनले भने, अहिले भइरहेका मध्ये कतिपय मन्त्रालय गाभिन्छन् । कतिपय खारेज हुन्छन् ।’

नवगठित सरकारका मन्त्रीहरु यसअघिका मन्त्रीहरु जस्तो सानो तिनो काममा नअल्झिने दाबी गरे । ‘यो सरकारका मन्त्रीहरु बिहान १० बजे कार्यालय आएर बेलुका ५ बजे फर्कने गर्दैनन्’ उनले भने, ‘मन्त्रीहरुको ध्यान र सक्रियता महत्वपूर्ण काममा मात्र हुनेछ । रिबन काट्ने, पूजा गर्ने काम गर्दैन । किन कि हामीले मुलुक समृद्ध पार्ने संकल्प गरेका छौ । विकास निर्माण, लोकतन्त्र सुढृढीकरण, राष्ट्रियता तथा भ्रष्टाचार नियन्त्रणमा सरकारकाे प्राथमिकता हुनेछ। ।

सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्र सैद्वान्तिक रूपले एक भए पनि कानुनी रुपमा एक हुन अझै केही साता लाग्ने बताए ।
‘एकतालाई अब दुवै पार्टीकाे केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ’ उनले भने, एकताको कानुनी प्रकृया बाँकी छ । चैतसम्ममा एकता घोषणा हुन्छ ।’

नेता ज्ञवाली आउँदो महाधिवेशनसँग दुबै पक्षको संयूक्र नेृतृत्व रहने जानकारी गराए । ‘महाधिवेशन सम्पन्न नहुञ्जेल दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ’ उनले भने, ‘एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको प्रावधान रहनेछ ।’

Please follow and like us:

Comments