उदयपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउनको लागि शिक्षा पद्वतिमा समेत सुधार गर्नुपर्ने बताएकी छन् ।

‘मलुकलाई समृद्ध पार्न दक्ष जनशक्रि चाहिन्छ’ कटारी बजारस्थित त्रिवेणी माविको स्वर्ण उत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमा राष्ट्रपति भण्डारीले भनिन् ‘दक्ष जनशक्ति उत्पादनको लागि शिक्षाको पद्वतिमा समेत सुधार गर्नुपर्ने आवश्यकता छ । विद्यालयमा प्राथमिक तहबाटै प्राविधिक शिक्षा दिनुपर्छ ।’

राष्ट्रपति भण्डारीले कृषि तथा पयटन क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको बताइन् ।

Comments

comments