वीरगंज । मुख्यमन्त्री लालबाबु राउतलाई मंगलबार गृह स्थानमा मालाको भारीसहित स्वागत गरिएको छ ।

 मुख्यमन्त्री राउतलाई उद्योग वाणिज्य संघले १ सय ११ किलोको माला पहिर्याएको छ । संघका पदाधिकारीहरुले मालाको भारी नै बोकेर मुख्यमन्त्री राउतको काँधमा थमाए । ७० किलाे भन्दा कम तौलका मुख्यमन्त्री राउतले आफ्नो वजन भन्दा बढी तौलको माला थाप्न सक्ने कुरै भएन ।

आफ्नो काँधमा माला अड्याउन उनले पनि भरियाकै सहारा लिनु पर्यो । काँधमा माला अड्याउन उनले संघका पदाधिकारीहरुलाई नै केहीबेर भरिया बनाए ।

संघका पदाधिकारीले मुख्यमन्त्रीलाई बिशेष मालाले स्वागत गर्दै बिरगंजलाई प्रदेशकै समृद्ध शहर बनाउन आग्रह गरे ।
मुख्यमन्त्री राउतले प्रदेशको विकास तथा समृद्धिको लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

Comments

comments