चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकतापछि दुवै जना अध्यक्ष हुने सहमति भएको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय स्तरमा पनि एउटै पार्टीमा दुई जना अध्यक्ष रहने व्यवस्था छ’ प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘व्यवहारिक र सैद्धान्तिक रुपमा ओलीजी र म दुबै जना अध्यक्ष हुने सहमति भएको छ ।’

अध्यक्ष दाहालले माओवादीले मंगलबार बेलुकासम्म मन्त्रीको टुंगो लगाउने बताए । ‘माओवादी केन्द्रबाट कन्त्री हुनेहरुको नाम आजै प्रधानमन्त्री ओली समक्ष पठाउँछौ’ उनले भने, भूगोल र समावेसी सबै मिलाउनु पर्दा त्यसमा अलि ढिलाई भएको हो ।’

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द र मोहन वैद्य समूहलाई समेत एकतामा आउन पुन आव्हान गरे ।

‘एमालेमा अहिलेसम्म ४७ वटा कम्युनिष्ट पार्टी गाभिइसकेको छ, ४१ वटा माओवादीमै मिलिसकेका छन्’ उनले भने, ‘उहाँहरु साँच्चिकै कम्युनिष्ट हो भने अब बेग्लाबेग्लै घण्टी बजाएर बस्नुको अर्ध रहँदैन । अब ढिलाई नगर्नुस् एकतामा आउनु ।’

अध्यक्ष दाहालले आउँदो महाधिवेशनसम्म ओली प्रधानमन्त्री रहने बताए ।

Comments

comments